२०८१ पुष ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बैशाख ३ गते बिर्तामोडमा सिरुवा पर्वको विदा


बिर्तामोड, चैत ३० । बिर्तामोड नगरपालिकाले बैशाख ३ गते आइतबार स्थानीय विदा दिने निर्णय गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले सिरुवा पर्वको अवसरमा विदा दिने निर्णय गरेको हो । बैठकले बैशाख ३ गते नियमित रुपमा सिरुवा पर्वको स्थानीय विदा दिने निर्णय गरेको जनाइएको छ ।

झापा, मोरङ र सुनसरी जिल्लामा बस्ने राजवंशी, थारु, गनगाईं, ताजपुरिया, माझीलगायतका समुदायले सिरुवा मनाउने गर्छन् ।

राजवंशी समुदायले बैशाख १ देखि ३ गतेसम्म सिरुवा पर्व मनाउने गर्दछन् । जसमा पहिलो दिन पानी सिरुवा, दास्रो दिन कादो सिरुवा र तेस्रो दिन रङ सिरुवा मनाउने गर्दछन् ।

त्यस्तै, कार्यपालिकाको बैठकले प्रदेश समपुरक कोषको लागि गोकुल जोशी मार्ग निर्माणसम्बन्धी योजनालाई निरन्तरता दिने, सिटिइभिटीद्वारा सञ्चालित बहुप्राविधिक कलेज सञ्चालनका लागि लक्ष्मी आधारभूत विद्यालय वडा नम्बर ७ को नाममा दर्ता कायम रहेको ३ बिघा १९ कठ्ठा १० धुर क्षेत्रफलको जग्गा उक्त कलेज सञ्चालनका लागि ३० वर्षको लागि लिजमा लिनेगरी आवश्यक प्रक्रिया अगाडि बढाउने, राजश्व परिचालनलाई व्यवस्थित बनाउन सम्बन्धित वडाका वडाअध्यक्ष वा निजले तोकेको वडा सदस्यको संयोजकत्वमा बैशाख ५ गतेदेखि घुम्तीसेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले बिर्तामोड नगरअस्पतालमा रहेको पुरानो भवन रहेको ठाउँमा नयाँ भवन निर्माण गर्नुपर्ने भएकोले हाल रहेको पुरानो भवनलाई नियमानुसार लिलाम बिक्री गर्ने, नगरपालिकाको हाल रहेको प्रशासकीय भवन अपुग भएकोले नयाँ भवन निर्माणका लागि सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागमा प्रस्ताव पेश गर्ने, मदरसा तालिमुल कुरान वडा नम्बर ३ र नगर गौरव भिलेज नयाँ बस्ती वडा नम्बर ७ का लागि आगामी आर्थिक वर्षदेखि एकएकजना बाल विकास शिक्षक उपलब्ध गराई कक्षा सञ्चालन गराउने लगायतका निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer