२०८१ पुष ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

ऊर्जाशील रामधुनी आमा समूहद्वारा मुक्तिचोकको सरसफाइ


बिर्तामोड, बैशाख १ । नयाँ वर्ष २०८० को अवसर पारेर बिर्तामोडको मुक्तिचोक परिसरको सरसफाइ गरिएको छ ।

आज बैशाख १ गते बिर्तामोड ४ मा रहेको ऊर्जाशील रामधुनी आमा समूह झापाले मुक्तिचोक वरिपरि सरसफाइ गरेको हो ।

समूहकी अध्यक्ष गंगादेवी शिवाकोटीका अनुसार कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड सरसफाइ अभियान, एबिसी नेपाल, नारी सञ्चार गृह, मेची-महाकाली सफाइ, स्वयमसेवक नेपालका ५५ जनाको सहभागिता रहेको थियो ।

बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा भएको सरसफाइ कार्यक्रम तीन घण्टासम्म चलेको थियो ।

कार्यक्रमको अवसर पारेर मुक्तिचोकमा नयाँ नेपाली झन्डा पनि लगाइएको कार्यक्रम संयोजक तारा कार्कीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer