२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

झापाका कराते रेफ्रीहरुलाई पुनर्ताजगी तालिम


बिर्तामोड, बैशाख ७ । झापा जिल्ला कराते संघले झापाका रेफ्रीहरुका लागि एक दिने पुनर्ताजगी कार्यक्रम गरेको छ ।

आज अर्जुनधाराको महानन्दचोकमा आयोजना गरिएको जिल्लास्तरीय कार्यक्रममा एक सयजनाको सहभागिता रहेको थियो ।

संघका अध्यक्ष जगन कार्कीको अध्यक्षताको भएको पुनर्ताजगी कार्यक्रमका एकेएफ प्रशिक्षक योगेश चाम्लिङ र विष्णु नेम्वाङले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय रेफ्री, वरिष्ठ प्रशिक्षक, सहायक प्रशिक्षक र झापाका ४० वटा डोजोका प्रशिक्षकहरु सहभागी थिए ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान प्रमुख प्रशिक्षक मदन उप्रेती, प्रमुख प्रशिक्षक कालु मेचे, शौरभ प्रधान, राखेप प्रशिक्षक कृष्ण बस्नेत, दुर्गाराज निरौला, बद्री बिष्ट, दिपेश निरौला लगायतले प्रशिक्षणमा सहजीकरण गरेका थिए ।

विश्व कराते महासंघको परिवर्तित नियमअनुसार आगामी प्रतियोगिताका लागि रेफ्रीहरुलाई प्रशिक्षण दिइएको अध्यक्ष कार्कीले जानकारी दिए ।

Adv footer