
मेचीनगर, बैशाख १३ । जातीय पहिरन, कला, संस्कृति, भेषभुषा, खाना, गहनाको प्रदर्शन गर्ने उद्देश्यसाथ प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिक महोत्सव हुने भएको छ ।


यही बैशाख १६ गते झापाको धुलाबारी महोत्सव आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । दनुवार जागरण समिति मेचीनगरका अनुसार महोत्सव धुलाबारीको पुरानो पशुहाटमा आयोजना हुनेछ ।


समितिका जिल्ला अध्यक्ष श्याम दनुवारका अनुसार सो अवसरमा ज्येष्ठ नागरिकको सम्मान गरिनेछ । महोत्सवमा जिल्लाभरबाट ५०० भन्दा बढी दनुवार समुदायको सहभागिता रहने अध्यक्ष दनुवारले बताए ।


महोत्सवमा ३ लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको केन्द्रीय सल्लाहकार अग्नीमाया मेचे दनुवारले जानकारी दिइन् ।

महोत्सवको उद्घाटन दनुवार जागरण समितिका केन्द्रीय अध्यक्ष रामकुमार सिंह दनुवारले गर्ने मेचीनगर समिति मोहन दनुवारले बताए ।
