२०८२ बैशाख २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

महिला उद्यमी संघ झापा अध्यक्षमा सुष्मा


बिर्तामोड, बैशाख १९ । बिर्तामोड आसपास क्षेत्रका उद्यमी महिलाहरूको साझा संस्था महिला उद्यमी संघ नेपाल झापाको अध्यक्षमा सुष्मा भण्डारी पौडेल चयन भएकी छन् ।

भण्डारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको बिर्तामोडमा सम्पन्न चौथो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शर्मिला अधिकारी, उपाध्यक्षमा पुनम उप्रेती, महासचिवमा यमुना तिवारी चिमरिया, सहसचिवमा युनिता दवाडी र कोषाध्यक्षमा पूजा सुब्बा चयन भएका छन् ।

समिति सदस्यहरुमा पुनम अधिकारी, बिना दाहाल, दिपा श्रेष्ठ, पारुग ओली र कल्पना कडरिया चयन भएका छन् ।

संघकी अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रोक्का, विशेष अतिथिहरु बिर्तामोड नगरपालिका नगर कार्यपालिका सदस्य यमुना आचार्य,

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, सप्तकोसी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल, एक्सेल डेभलपमेन्ट विकास बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा सप्तकोसी सफल महिला उद्यमी सम्मानबाट शर्मिला अधिकारी र एक्सेल सफल महिला उद्यमी सम्मानबाट सूर्या राजवंशीलाई नगद राशीसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष यशोदा पोखरेलले गरेको कार्यक्रमको सञ्चालन महासचिव शर्मिला अधिकारीले गरेकी थिइन् ।

Adv footer