२०८२ भदौ २९ आइतबार
Jhapa Today
Adv top

वडा अध्यक्ष कप करातेमा विराटपोखर डोजो प्रथम


बिर्तामोड, जेठ ७ । झापाको बिर्तामोडमा सम्पन्न प्रथम वडा अध्यक्ष कप कराते प्रतियोगिता २०८० मा विराटपोखर डोजो प्रथम भएको छ ।

बिर्ताबजारमा भएको ३ नम्बर वडा अध्यक्ष कप कराते प्रतियोगितामा महेन्द्ररत्न डोजो दोस्रो, नमुना डोजो तेस्रो र शुक्रराज डोजो चौथो भए ।

दुई सय खेलाडी सहभागी रहेको प्रतियोगितामा २० वटा तौल समूहमा प्रतिस्पर्धा भएको आयोजक महेन्द्ररत्न कराते डोजोका मुख्य प्रशिक्षक तथा कार्यक्रम संयोजक दुर्गाराज निरौलाले जानकारी दिए ।

बिर्तामोड ३ को आर्थिक सहयोग तथा तत्वधानमा भएको प्रतियोगिताको उद्घाटन बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले गरेका थिए ।

कार्यक्रममा नेपाल कराते महासंघका निवर्तमान प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, झापा जिल्ला कराते महासंघ अध्यक्ष जगन कार्की दुर्वासा, नेपाल बक्सिङ संघको केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, झापा गोल्डकपका उपाध्यक्ष सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी, झापा जिल्ला कराते महासंघ अध्यक्ष जगन कार्की दुर्वासालगायतले प्रमाणपत्र, मेडल प्रदान गरेका थिए ।
खेलाडी उत्पादन गर्ने लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जनाइएको छ ।

Adv footer