२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड खानेपानी निर्वाचनमा दुई पक्षीय प्रतिस्पर्धा हुने


बिर्तामोड, जेठ ७ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन तालिका अनुसार आज दुईवटा समूहले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गरेका छन् । संस्थाको बैशाख १३ गतेकोे बैठकले जेठ १५ गते नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने निर्णय गरेको थियो ।

निर्वाचन समितिका अनुसार स्वतन्त्र प्रगतिशील र लोकतान्त्रिक राष्ट्रवादीले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका हुन् ।
स्वतन्त्र प्रगतिशील प्यानलबाट अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्ष प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्ष विनिता राजवंशी, खुला सदस्य छत्रबहादुर श्रेष्ठ र रमेश उप्रेती, महिला सदस्यमा तारा राई, पुनम अधिकारी र सीमा सेलवाल ढुंगाना उम्मेदवार बनेका छन् ।

त्यस्तै, लोकतान्त्रिक राष्ट्रवादी समूहका तर्फबाट अध्यक्षमा मेघराज बास्तोला, उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारस मैनाली र कोषाध्यक्षमा शारदा रिजाल उम्मेदवार रहेका छन् । सदस्यमा आनन्द गुरुङ, बालादेवी खरेल, माया प्रधान खड्गी र कमला अग्रवाल रहेका छन् ।

चार बर्से कार्यकालका लागि हुने चुनावमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र चारजना सदस्य निर्वाचित हुने प्रावधान छ ।

बिर्तामोड खानेपानीमा आठ हजार ५०० ग्राहक रहेका छन् । आठौँ कार्यकालमा लागि हुने निर्वाचनमा भाग लिन उपभोक्ताले २०७९ माघ मसान्तसम्मको महशुल भुक्तानी गर्नुपर्ने प्रशासन प्रमुख खड्गराज गिरीले जानकारी दिए ।

यसैबीच, संस्थाले निर्वाचनलाई लक्षित गरेर डिजिटल परिचयपत्र बनाएको छ । क्युआरसहितको डिजिटल परिचयपत्र बनाइएको हो ।

निर्वाचनमा मतदान गर्न सो डिजिटल परिचयपत्र अनिवार्य गरिएको छ । कारणवश नभए पुरानो हस्तलिखित परिचयपत्रका साथमा नागरिकताको प्रमाणपत्र चाहिने संस्थाले जनाएको छ ।

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अध्यक्ष जलकुमार गुरुङको कार्यकालमा दुईपटक देशकै उत्कृष्ट भएको थियो ।

सहरी विकास मन्त्रालयअन्तर्गतको नगर विकास कोषबाट उत्कृष्ट सेवाग्राही घोषित भएको बिर्तामोड खानेपानी पुरस्कृत पनि भएको थियो ।

खानेपानी सञ्चालन, पानीको गुणस्तर, महशुल, लिकेजलगायतलाई आधार मानेर दसजनाको विज्ञ टोलीले गरेको मूल्यांकनमा संस्था उत्कृष्ट बन्न सफल भएको थियो ।

संस्थाले दैनिक एक करोड ६० लाख लिटर पानी उत्पादन गरी उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । संस्थाको ४ वटा स्वीमबाट अहिले सातवटा पम्पले दैनिक एक करोड ६० लाख लिटर पानी उत्पादन गरी उपभोक्ताहरुलाई चौबीसै घण्टा पानी उपलब्ध गराउँदै आएको छ ।

संस्थाले ३ वटा ओभरहेड ट्याङ्की, १३ वटा डिप बोरिङ, ८ वटा फिल्टर प्लान्टमार्फत ८ हजार ५ सय उपभोक्तामाझ खानेपानी पु¥याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer