२०८२ बैशाख २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सुपरसिक्स क्रिकेटका सेमिफाइनल र फाइनल खेल आज हुँदै


बिर्तामोड, जेठ ८ । प्रथम कर्पाेरेट सुपरसिक्स क्रिकेट प्रतियोगिताको सेमिफाइनल र फाइनल संस्करणका खेल आज हुने भएको छ ।

आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीका अनुसार आज सोमबार बिहान ०८ः३० बजेदेखि बाँकी रहेका तीन खेल हुने छन् ।

आइतबार नै सम्पन्न गर्ने लक्ष्यका साथ तयारी गरिए पनि वर्षा र लाइटका कारण खेल आजलाई सारिएको हो । २१ टिम सहभागी प्रतियोगितामा इकोम्याक्स, डिडब्ल्यु वान, बिटिएम मन्त्र थकाली र एमकेके सेमिफाइनलमा पुगेका छन् ।

पूर्वराष्ट्रिय खेलाडीहरु सहभागी रहेका ती टिमहरुको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

यसअघि भएको क्वार्टर फाइनल खेलमा इकोम्याक्सले आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिको टिमलाई तीन विकेटले हराउँदै सेमिफाइनल पुगेको थियो ।

आयोजकले दिएको ४३ रनको लक्ष्य ४ दशमलव ३ ओभरमा पुरा गर्दै इकोम्याक्स सेमिफाइनमा पुगेको हो ।

त्यस्तै, मन्त्र थकालीले न्यु स्टार क्रिकेट टिमलाई १० रनले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

पूर्वराष्ट्रिय खेलाडी मेहबुब आलम सहभागी सो टिमले ४९ रनको लक्ष्य दिएकोमा न्यु स्टारले ३९ रनमात्र जोड्न सफल भएको थियो ।

त्यसैगरी, डिडब्ल्यु वानले वाइट वासलाई हराउँदै सेमिफाइनलमा पुगेको छ । वाइट वासले दिएको ६३ रनको लक्ष्य डिडब्ल्यु वानले अन्तिम बलमा पूरा गरेको थियो ।

अन्तिम क्वार्टर फाइनल खेलमा एमकेकेले बोस्टन एकाडेमीलाई हराएर सेमिफाइनल पुगेको हो ।

आज हुँदै गरेको सेमिफाइन खेलहरु इकोम्याक्स र डिडब्ल्यु वान तथा एमकेके र मन्त्र थकालीबीच हुनेछ । आजै फाइनल खेल हुने प्रतियोगिता संयोजक विशाल अग्रवालले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा आकर्षण बढाउन आइतबार साँझ कुटुम्ब ब्यान्डले सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

Adv footer