२०८२ बैशाख २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सुपरसिक्स क्रिकेटको उपाधि डिडब्ल्यु वानलाई


बिर्तामोड, जेठ ८ । बिर्तामोडमा आयोजित प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डिडब्ल्यु वानले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा बिटिएम मन्त्र थकालीलाई पराजित गर्दै डिडब्ल्यु वानले उपाधि हात पारेको हो ।

निर्धारित ५ ओभरको सुपर सिक्स प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको मन्त्र थकालीले ४ विकेटको क्षतिमा ६१ रन बनाएको थियो । ६२ रनको लक्ष्य डिडब्ल्यु वानले ४ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो ।

डिडब्ल्यु वानका विकास दासले ८ बलमा सर्वाधिक १८ रन बनाएका थिए । त्यस्तै, पूर्वराष्ट्रिय खेलाडी सिद्धान्त लोहनीले ९ रन जोडेका थिए ।

मन्त्र थकालीका विकास राजवंशी र सोनु मण्डलले समान १ विकेट लिएका थिए । डिडब्ल्युका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।

यसअघि ब्याटिङ गरेको मन्त्र थकालीले रामनारायण श्रेष्ठको २१ रन र पूर्वराष्ट्रिय खेलाडी मेहबुब आलमको १४ रनको मदतले ६१ रन बनाएको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच डिडब्ल्युका विकास दास घोषित भए ।
एमकेकेलाई मन्त्र थकालीले २३ रनले जितेर फाइनल पुगेको थियो भने इकोम्याट्सलाई तीन विकेटले पराजित गर्दै डिडब्ल्यु वान फाइनलमा पुगेको थियो ।
फाइनल विजेता डिडब्ल्यु वानले उपाधिसहित नगद १ लाख प्राप्त गरेको छ भने उपविजेता मन्त्र थकालीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको बेस्ट ब्याट्सम्यान मनिष थापा, बेस्ट बलर हेमराज सिटौला, प्लेयर अफ द टुर्नामेन्ट सोनु मण्डल, बेस्ट फिल्डर निशोर मण्डल, बेस्ट विकेट किपर मुकुन्द यादव भएका थिए । उनीहरुलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि भएको प्रतियोगितामा बिर्तामोडका कर्पाेरेट २१ वटा टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।

Adv footer