२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाललाई १० स्वर्ण


बिर्तामोड, जेठ ११ । भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२३ मा नेपालले १० स्वर्णसहित १५ पदक जितेको छ ।

अखिल भारत सितेरियो कराते महासंघको आयोजनामा भएको च्याम्पियनसिप नेपालबाट झापा, इलाम र काठमाडौँका खेलाडी सहभागी थिए ।

च्याम्पियनसिपमा झापाका खेलाडीले सात स्वर्ण, तीन रजत, इलामले एक स्वर्ण र काठमाडौँले दुई स्वर्ण र दुई कास्य पदक जितेको प्रमुख प्रशिक्षक मीना पाठकले जानकारी दिइन् ।

स्वर्ण पदक जित्नेहरुमा झापाका मोहित प्रसाईं २० केजी र काता गरी दुई, अनिश न्यौपाने २५ केजी र काता गरी दुई, डेनिशा न्यौपाने ३५ केजी र काता गरी दुई र एलिजा घिमिरे ६८ केजी तौलमा छन् ।

त्यस्तै, झापाका सानोबाबु अधिकारी ४० केजी, युनिशा न्यौपाने ३० केजी र प्रियांका श्रेष्ठ ५० केजी तौलले रजत जिते ।

इलामका प्रतिक बस्नेतले ५० केजी तौल समूहमा स्वर्ण जिते भने काठमाडौँका श्रीयास धिताल ३५ केजी र एनिश गिरी ३० केजीले स्वर्ण जितेको पाठकले बताइन् ।

काठमाडौँका श्रीयास धिताल र एनिश गिरीले कातामा कास्य पदक जिते ।

प्रतियोगितामा नेपालबाट सातजना रेफ्री, तीनजना अफिसियल र १० जना खेलाडी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer