२०८२ जेठ २० मंगलबार
Jhapa Today
Adv top

मिस्टर एन्ड मिस एसइइको उपाधि एनिक र निसिमलाई


बिर्तामोड, जेठ १५ । मिस्टर एन्ड मिस एसइइ २०२३ कोशी प्रदेशअन्तर्गत मिस एसइइको उपाधि बिर्तामोडकी निसिम थाम्सुहाङले जितेकी छन् । उनी चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुलकी विद्यार्थी हुन् ।

आज साँझ झापाको बिर्तामोडमा सम्पन्न प्रतियोगिताको फिनालेमा अन्य २० जना प्रतियोगीलाई पछि पार्दै थाम्सुहाङले उपाधि जितेकी हुन् ।

प्रतियोगितामा फर्स्ट रनरअप सोही विद्यालयकी सलिना गुरागाईं भइन् भने सेकेन्ड रनरअप सुरुंगाको हरिकुल नमुना माविकी चेतसा नेउपाने भइन् ।

त्यस्तै, मिस्टर एसइइको उपाधि बिर्तामोडको न्युटन्स एजुकेसन एकाडेमीका एनिक चौधरीले जिते । फर्स्ट रनरअप इलामका उत्तम थापा र सेकेन्ड रनरअप चारआलीको सहिद दशरथ चन्द माविका योगेश लिम्बू भए ।

बिर्ता मिडिया इन्टरटेन्टमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रमको अध्यक्षता प्रालिका निर्देशक एलसी श्रेष्ठले गरेका थिए ।
प्रतियोगितामा श्वेता श्रेष्ठ, चेतन ढुंगेल, स्वस्तिका आचार्य र सविना लिम्बू निर्णायकको भूमिकामा रहेका थिए ।

कार्यक्रममा स्वागत दिनेशराज शर्माले गरेका थिए भने फिनालेको सञ्चालन सुरज प्रधान र अनुप भण्डारीले गरेका थिए ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल