२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड खानेपानीमा अध्यक्ष मेघराजको प्यानलै विजयी


बिर्तामोड, जेठ १६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा मेघराज बास्तोला भारी मतान्तरले विजयी भएका छन् ।

आज बिहान सम्पन्न मतगणना अनुसार बास्तोलाले २४६६ मत प्राप्त गरे । उनी आठौँ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि लगातार पाँच कार्यकाल टोरुप प्रसाईं अध्यक्ष थिए भने छैटौँ र सातौँ कार्यकालमा जलकुमार गुरुङ अध्यक्ष थिए ।

बास्तोलाका प्रतिस्पर्धी देवेन्द्र सिटौलाले ८७३ मतमा चित्त बुझाए । सिटौलालाई १५९३ मतको फराकिलो मतान्तरले हराउँदै बास्तोला निर्वाचित भएका हुन् ।

बिर्तामोड ५ निवासी ५२ वर्षीय बास्तोलाले यसअघि दुई कार्यकाल सचिव र एक कार्यकाल सदस्य भएर काम गरिसकेका छन् ।

बिर्तामोड क्षेत्रमा खानेपानीका विषयमा कुनै समस्या देखिँदा त्यसलाई तत्काल हल गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै आम नागरिकलाई सहज र सरल रुपमा खानेपानी पु¥याउने काममा उनको भूमिका रहँदै आएको छ ।

बास्तोला समूहका उपाध्यक्ष पदका शैलेन्द्र सिटौलाले २०२८, सचिव पदका पारस मैनालीले २३४४ र कोषाध्यक्ष पदका शारदा रिजालले १५२१ मत ल्याएर विजयी बने ।

त्यस्तै, खुला सदस्य आनन्द गुरुङले १८१६, खगेन्द्रकुमार थापाले १५९६, महिला सदस्य बालादेवी खरेलले १८७६, मायादेवी प्रधान श्रेष्ठले १९१४ र कमला अग्रवालले १८४४ मत ल्याएर विजयी भए ।

सिटौला समूहका उपाध्यक्ष पदका प्रदिप खरेलले ११४४, सचिव पदका विष्णुप्रसाद चुडालले ७९०, कोषाध्यक्ष पदकी विनिताकुमारी राजवंशीले ५८८ मत ल्याएका छन् ।

खुला सदस्य छत्रबहादुर श्रेष्ठले ८८० र सुनिल शिवाकोटीले ७०७, महिला सदस्यमा तारादेवी राईले ९९३, पुनम अधिकारी लिम्बूले ९८४ र खगमाया सिलवाल सीमाले ९३३ मत ल्याएका छन् ।

त्यस्तै, कोषाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार केशव श्रेष्ठले ९४० र खुला सदस्य पदका बलराम सिटौला (राम) ले ६०८ मत ल्याएका छन् ।

संस्थाका आठ हजार ७५६ जना मतदाता रहेकोमा तीन हजार ७६९ अर्थात ४३ प्रतिशत मतको गणना गरिएको थयो । १३३ मत बदर भएको थियो ।

समितिको कार्यकाल चार बर्से हुने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer