२०८२ जेठ २० मंगलबार
Jhapa Today
Adv top

भद्रपुरमा आजदेखि नगर युवा सम्मेलन हुँदै


भद्रपुर, जेठ १८ । भद्रपुरमा आजदेखि ‘प्रथम भद्रपुर नगर युवा सम्मेलन–२०८०’ हुँदैछ । सम्मेलनको आयोजना भद्रपुर नगरपालिका, नगर युवा परिषद्ले गरेको हो ।

सम्मेलनको उद्घाटन राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले गर्ने छन् । सम्मेलनलाई ‘भद्रपुर म्युनिसिपल युथ समिट’ नाम दिइएको नगर युवा परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिए ।

सम्मेलनमार्फत युवाहरूको नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि सकारात्मक उत्प्रेरणा प्रदान गर्ने, युवाहरूमा सामाजिक तथा सामुदायिक दायित्व भावनाको विकास गर्ने लक्ष्य लिइएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए ।

त्यस्तै, जीवनोपयोगी सीपको विकास गरी जीवनलाई उपयोगी र व्यावहारिक धारणासहित जिउन उत्प्रेरित गर्ने, नेतृत्व सीपको विकास गर्ने, सक्षम नेतृत्व विकासमा सहयोग गर्ने र दिगो विकासको स्थानीयकरणमा सहयोग गर्ने उद्देश्य रहेको पोखरेलले बताए ।

सम्मेलनमा १६ देखि ४० वर्षसम्मका २२८ लाई युवा सहभागी हुनेछ । जसमध्ये वडाको सिफारिसमा प्रतिवडाबाट १० जनाका दरले एक सयजना, खुला आवेदनबाट ७५ जना, अन्य पालिका, युवा परिषद्, विद्यार्थी गरी २० जना, स्थानीय संघसंस्थाहरूबाट १८ र पर्यवेक्षक १५ जना सहभागी हुने जनाइएको छ ।

दुई दिने सम्मेलनमा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन, पत्रकार टिकाराम यात्री, कवि नवराज पराजुली, दयासागर श्रेष्ठ, महेश दाहाल, सोनिका पौडेल, राहुल केसी, वसन्त अधिकारी, प्रदिप पौडेल, माधव ढुंगेल, मुन्ना कुमार लगायतले सम्बन्धित विषयमा सहजीकरण गर्ने परिषद्का कार्यकारी उपाध्यक्ष सरोज ढकालले जानकारी दिए ।

सम्मेलन ‘स्थानीय विकासमा युवा सहभागिता, नेतृत्व विकास प्रविधि र उद्यमशीलता’ भन्ने कुल नाराका साथ आयोजना हुन लागेको हो ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल