२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

गर्मी बढेपछि मेचीनगर र कचनकवलका विद्यालयमा दिइयो विदा


मेचीनगर, जेठ १८ । तापक्रममा अत्यधिक बृद्धि भएर गर्मी बढेपछि झापाका पालिकाहरुले विद्यालय विदा दिन थालेका छन् ।

हप्ता दिनयता लगातार गर्मी बढेपछि झापाको मेचीनगर र कचनकवलले पालिकाभित्र सञ्चालित विद्यालय विदा गर्न सूचना गरेका छन् ।

मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले सूचना निकालेर आगामी बर्खे विदाबाट कट्टा हुनेगरी जेठ १८ र १९ गते विद्यालय विदा दिन अनुरोध गरेका छन् ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले मेचीनगर नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय विदा दिन उनले जानकारी गराएका हुन् ।

त्यस्तै, कचनकवलका सामुदायिक विद्यालयहरु पाँच दिन विदा दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले गर्मीका कारण पठनपाठनमा समस्या आएकाले पाँच दिन विदा गरिएको जानकारी दिइन् ।

जेठ १८ देखि २२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको यादवले बताइन् । हाल दिइएको विदा बर्खे विदामा मिलान गरिनेछ ।

एक सातायता झापाको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको छ । सूर्योदयसँगै तापक्रम २९ डिग्री सेल्सियस हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer