२०८१ कार्तिक २० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कञ्चनजंघा बडिबिल्डिङको प्रिजजिङबाट छानिए २० खेलाडी


बिर्तामोड, जेठ २५ । कोशी प्रदेश खेलकुद विकास बोर्डको बजेटबाट भएको दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपमा तौल समूहका खेलाडी छनोट भएका छन् ।

आजदेखि सुरु भएको प्रतियोगितामा विभिन्न तौल समूहमा २० जना खेलाडी छनोट भएका हुन् ।

आज भएको प्रिजजिङबाट ५५ केजी तौल समूहमा छजना, ६० र ६५ केजीमा चारचारजना र ७० केजी र ७० केजी माथिमा तीनतीनजना खेलाडी अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

५५ केजीबाट उर्लाबारीका धर्मराज खापुङ, बिर्तामोडका दिवस श्रेष्ठ, दुहबीका वीरेन्द्र चौधरी, बिर्तामोडका तेजबहादुर हमाल, विराटनगरका प्रबित राजवंशी र दमकका भरतनारायण शाह छनोट भएका छन् ।

त्यस्तै, ६० केजीबाट बिर्तामोडका जितेन्द्र यादव, विनोद कामी, युवराज बस्नेत र हेटौँडाका अजय मल्लिक अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

६५ केजीबाट इटहरीका ओसन कार्की, दमकका विवेक माझी, बिर्तामोडका हर्कबहादुर राई र गाइघाटका दिलिपकुमार चौधरी छानिएका छन् ।

७० केजीबाट दमकका मदनकुमार योङहाङ, इलामका सनम लिम्बू, धरानका सागर राई तथा ७० केजी माथिबाट दमकका विप्लव कार्की, धरानका सन्दीप गिरी र चन्द्रगढीका प्रसिद्ध भक्तराज लावट छनोट भएका छन् ।

प्रदेशस्तरीय प्रतियोगिताको आयोजना बडी ग्यारेजले गरेको हो । फाइनल राउन्ड भोलि हुनेछ ।

प्रतियोगिताका लागि प्रदेश खेलकुद विकास बोर्डले १५ लाख रुपैयाँ विनियोजना गरेको छ । बोर्डका सदस्य सचिव हंशराज वाग्लेको अगुवाइ र पहलमा बजेट विनियोजन गरिएको हो ।

शारीरिक सुगठन खेललाई प्रबर्द्धन गर्ने तथा नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने उद्देश्यले बोर्डले १५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय पुरस्कार २ लाख ५० हजार रुपैयाँ, तृतीय पुरस्कार १ लाख ५० हजार रुपैयाँ, चौथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौँ पुरस्कार ७५ हजार रुपैयाँ रहेको छ ।

साथै, हरेक तौल समूहमा द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ, मेडल तथा ट्रफी प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer