२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः ओखलढुंगा अन्तिम चारमा


ओखलढुंगा, असार ६ । कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेलमा ओखलढुंगा विजयी भएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा भइरहेको प्रतियोगितामा झापालाई हराउँदै ओखलढुंगा सेमिफाइनल प्रवेश गरेको हो ।

निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि नतिजाका लागि सडनडेथसम्म पर्खिनु परेको थियो । ओखलढुंगाले सडनडेथमा ५–४ गोल अन्तरले झापालाई हराएको हो ।

आज बिहान भएको संघर्षपूर्ण खेलमा झापाले अग्रता लिए पनि इन्ज्युरी समयमा ओखलढुंगाले गोल फर्काएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि नतिजा बराबरी भएपछि सडनडेथबाट निर्णय लिनुपर्यो ।

यसअघि दुवै टिमले निर्धारित समयमा उत्कृष्ट मौकाहरु पाए पनि गोलपोस्टमा आक्रमण भने गर्न सकेनन् । खेलको ४३ औँ मिनेटमा झापाका लागि अभिषेक श्रेष्ठले गोल गरेका थिए । त्यस्तै, खेलको ६९ औँ मिनेटमा ओखलढुंगाका राजु सुनुवारले गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच ओखलढुंगाका गोलकिप्पर रेवत मगर भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपकबहादुर केसीले नगद चार हजार र मेडल प्रदान गरे ।

प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ४ हजार रुपैयाँ प्रदान गरिने बोर्डले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् ।

Adv footer