२०८२ जेठ १४ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

पोखरेललाई द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कार, तीन नवोदितलाई सक्रिय पत्रकारिता पुरस्कार


बिर्तामोड, असार ६ । प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । उनलाई प्रेस चौतारी झापा र द्रोणाचार्य क्षेत्री स्मृति प्रतिष्ठानले पुरस्कृत गरेको हो ।

द्रोणाचार्य क्षेत्रीको ३० औँ स्मृति दिवसको अवसरमा बुधवार काँकरभिट्टामा आयोजित कार्यक्रमबाट पोखरेललाई पुरस्कृत गरिएको हो । उनी रेडियो भिजनका प्रबन्ध निर्देशक हुन् । विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील पोखरेल प्रेस चौतारी झापाका पूर्व अध्यक्ष समेत हुन् ।

त्यस्तै, प्रेस चौतारी झापाले वार्षिक साधारणसभाको अवसरमा झापाका तीनजना सक्रिय पत्रकारलाई सम्मान एवम् पुरस्कृत गरेको छ । हिमशिखर टिभीमा समाचार प्रमुख सुदिप अधिकारी, खबरखेतीका प्रधान सम्पादक तिलक योञ्जन र रेडियो भिजनकी समाचारवाचक अस्मिता साँखीलाई सक्रिया पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकारलाई सम्मान पत्र एवम् नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, कोशी प्रदेश अध्यक्ष अविजाल विष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मानित एवम् पुरस्कृतको तर्फबाट पत्रकार गणेश पोखरेल र तिलक योञ्जनले मन्तव्य राखेका थिए । प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।

Adv footer