२०८१ कार्तिक २० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगर नगरपालिका सञ्चारमैत्री नभएको प्रेस क्लबको भनाइ


मेचीनगर, असार १३ । मेचीनगर नगरपालिका सञ्चारमैत्री नभएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् ।

नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापनबापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएपछि उनीहरु आन्दोलित भएका हुन् ।

पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले आज बुधबार मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । यसअघि पनि प्रेस क्लबले पटकपटक ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सञ्चार क्षेत्रमा छुट्याइएको बजेटसमेत प्रक्रिया पुग्दा अहिलेसम्म उपलब्ध नगराइनुले मेचीनगर सञ्चारमैत्री बन्न नसकेको प्रेस क्लब मेचीनगरले ठहर गरेको छ ।

‘सञ्चार क्षेत्रको विकास तथा सम्बर्द्धन गर्नु स्थानीय सरकारको दायित्व हो’, नगर प्रमुख बुढाथोकीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बजेट बनाउँदा सञ्चारलाई छुट्याउने तर भुक्तानी नदिने चलनले मेचीनगर सञ्चारमाध्यमप्रति अनुदार बनेको प्रष्ट हुन्छ ।’

अन्य पालिकाले स्थानीय सञ्चारमाध्यमलाई विगतदेखि नै प्रक्रिया पुर्याएर समयमै रकम भुक्तानी गर्दै आएका छन् । तर, मेचीनगरले स्थानीय सञ्चारमाध्यमले पाउने लोककल्याणकारी विज्ञापनबापतको रकमसमेत खोसेको छ ।

मेचीनगरले गत असार १० गते नगरसभामार्फत बजेट ल्याएको छ । यो आर्थिक वर्ष सकिनै लाग्दासमेत मेचीनगरले सञ्चारमाध्यमका विषयमा स्पष्ट धारणा बनाउन सकेको छैन ।

ध्यानाकर्षणपत्र बुझ्दै नगरप्रमुख बुढाथोकीले सञ्चारमाध्यमको विषयमा स्पष्ट धारणा बनाएर निष्कर्षमा पुग्ने बताए । उनले सञ्चारमाध्यमलाई दिइँदै आएको रकम उपलब्ध गराउने विषयमा छलफल गर्ने आश्वासन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer