२०८१ कार्तिक २० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

लागुऔषध र सवारी ज्यान मुद्दाका फरार दुईजना प्रतिवादी कारागार चलान


बिर्तामोड, साउन ४ । जिल्ला प्रहरी कार्यालय झापाले फरार रहेका दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा मोरङ उर्लाबारी ६ का ३९ वर्षीय असित धिमाल र झापा दमक ८ का जनकलाल ठाकुर रहेका छन् । पक्राउपछि फैसला कार्यान्वयनको लागि उनीहरुलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको छ ।

जिल्ला अदालत झापाको ०७६ जेठ १९ गतेको फैसलाअनुसार उर्लाबारीका धिमाल लागुऔषध मुद्दामा ८ महिना कैद र २२ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका थिए ।

त्यस्तै, दमकका ठाकुर भने अदालतको ०७३ मंसिर ७ गतेको फैसलाअनुसार सवारी ज्यान मुद्दामा २ वर्ष कैद २ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका थिए ।

अदालतको आदेशअनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer