२०८२ जेठ १२ सोमबार
Jhapa Today
Adv top

बिहान–दिउँसो घाम, साँझपख हल्का वर्षाको अनुमान


बिर्तामोड, साउन ४ । मौसम पूर्वानुमान महाशाखाले झापासहित पूर्वी क्षेत्रमा अबको केही दिन ठुलो पानी पर्ने सम्भावना नरहेको जनाएको छ । आज दिनभर घाम लाग्ने बताइएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । बिहीबार राति आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सामान्य अवस्थामा रहेकाले तत्काल ठुलो पानी पर्ने सम्भावना छैन ।

बिहान र दिउँसो घाम लाग्ने तथा बेलुकीपख हल्का वर्षा हुने उनले जानकारी दिए । यसपालिको मनसुनमा केही क्षेत्रमा ठुलो परे पनि कतिपय ठाउँमा आवश्यकताअनुसारको पानी पर्न सकेको छैन । यसले गर्दा किसान मारमा परेका छन् । आकाशे वर्षाको भरमा धान रोपाइँ गर्नुपर्ने ठाउँमा समस्या भएको छ ।

यसपालिको वर्षामा कुनै एक ठाउँमा ठुलो पानी परे पनि नजिकै वा अर्को क्षेत्रमा पानी नपर्ने जस्ता गतिविधि देखिएको छ । यसलाई जलवायु परिवर्तनसँग जोडेर हेरिए पनि अध्ययन हुन सकेको छैन ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल