२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

वर्षा कम हुँदा हालसम्म ६८% मात्र रोपाइँ


बिर्तामोड, साउन ६ । गत वर्षभन्दा यो वर्ष साउन पहिलो हप्तासम्म रोपाइँ कम भएको छ । देशभर अहिलेसम्म ६८ प्रतिशत रोपाइँ सकिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो हप्तासम्म ६८ प्रतिशत मात्र रोपाइँ भएको हो । पोहोर साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सकिएको थियो ।

गएको वर्षको तुलनामा यस वर्ष अहिलेसम्म २० प्रतिशत कम रोपाइँ भएको हो । मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुन प्रवेशमा ढिलाइ हुँदा रोपाइँमा असर परेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । त्यस्तै, गोरुमा लम्पी स्किन रोग देखिएका कारण पनि रोपाइँमा ढिलासुस्ती भएको छ ।

मध्य तराइमा साउन मध्यसम्म नै रोपाइँ हुने गरेकाले यस वर्ष ९५ प्रतिशतसम्म रोपाइँ हुने मन्त्रालयको दाबी छ । कुलो लाग्ने खेतमा समयमै रोपाइँ भए पनि आकाशे पानीको भरमा रोपिने खेतमा अझै पूर्णरूपमा रोपाइँ हुन सकेको छैन ।

पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको र मुख्यगरी मधेश प्रदेशमै रोपाइँ कम भएकाले यस वर्ष धान उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer