२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनद्वारा प्राथमिक तहका शिक्षकलाई एक महिने तालिम


मेचीनगर, साउन ११ । इस्ट होराइजन मावि धुलाबारीले प्राथमिक तहका शिक्षकशिक्षिकाहरुलाई एक महिना आधारभूत प्रशिक्षण सुरु गरेको छ । एक कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको छ ।

मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी तालिमको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा इस्ट होराइजनका व्यवस्थापन समिति अध्यक्ष माधवप्रसाद पौडेल, विद्यालय समन्वय शिक्षक तुलसीराम घिमिरे, अनुशासन समिति इन्चार्ज प्रेमनारायण डाँगी, शिक्षक धनकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

मेचीनगरमा तालिम प्राप्त शिक्षक उत्पादन गर्ने र शिक्षण पेशामा लाग्न चाहने युवा पुस्ताहरुलाई असल र योग्य बनाउने उद्देश्यले प्रशिक्षण सुरु गरिएको प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए । त्यस्तै, आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता तालिम गराउँदै जाने राईले बताए ।

विद्यालकका प्रमुख प्रशासक सवित्रा राईका अनुसार तालिमपछि आवश्यकता हेरेर तालिम प्राप्त शिक्षकशिक्षिकालाई रोजगारी समेत प्रदान गर्ने लक्ष्य लिइएको छ ।

इसिडी शिक्षकदेखि प्राथमिक शिक्षकशिक्षिकाहरुलाई अहिलेको व्यावहारिक शिक्षा, जीवन उपयोगी शिक्षा, कक्षाकोठा व्यवस्थापन, सहभागितामुलक सिकाई लगायतको विषयमा प्रशिक्षण दिइनेछ ।

त्यस्तै, विद्यार्थीहरुमा भएको प्रतिभाको पहिचान गरी सो प्रतिभालाई प्रस्तुति गर्न प्रेरित गर्नेलगायत विभिन्न शीर्षकलाई एक महिने आधारभूत तालिममा सहभागी गराइएको छ ।

तालिमको आयोजना नेपाल पुष्पाञ्जलि शिक्षालय काठमाडौँको सहकार्यमा इस्ट होराइजन माविले आयोजना गरेको हो । तालिमको सहजकर्ताको रुपमा नेपाल पुष्पाञ्जलि शिक्षालयकी संस्थापक प्रिन्सिपल मिरा शर्मा र इस्ट होराइजन मन्टेश्वरीका इन्चार्ज विकास ग्वालले गर्ने छन् ।

Adv footer