२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

क्याम्ब्रिज आबद्ध तक्षशीला स्कुलद्वारा थप सेवा विस्तार


बिर्तामोड, साउन १२ । काठमाडौँबाहिर पहिलोपटक बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग आबद्ध भएको बिर्तामोडको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुलले सेवा विस्तार गरेको छ ।

विद्यालयले स्विमिङ पुल, नयाँ स्मार्ट कक्षाकोठा, लाइब्रेरीलगायतका सुविधा थप गर्दै सेवा विस्तार गरेको हो । विद्यालयले अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रणालीमा पठनपाठन गराउनेगरी सेवा बढाएको हो ।

विद्यार्थीहरुलाई पौडी सिकाउनका लागि विद्यालयले ८३×४३ फुटको स्विमिङ पुल निर्माण गरेको हो । तीनदेखि पाँच फुट गहिराई भएको स्विमिङ पुलमा प्रशिक्षक राखेर पौडिन सिकाउने विद्यालयले जनाएको छ ।

त्यस्तै, ८० जनाभन्दा विद्यार्थी अट्ने क्षमता भएको लाइब्रेरी निर्माण गरिएको छ । जहाँ ३ हजारभन्दा बढी पुस्तक राखिएको विद्यालयका एकाडेमिक डाइरेक्टर डा. भिक्टोर इग्नेसियस जोन जोसेफले बताए ।

त्यस्तै, कक्षा १ का विद्यार्थीहरुका लागि तीनवटा स्मार्ट कक्षा कोठा निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा भएको एउटा कक्षा कोठामा २० जनाका दरले अट्नेगरी ३ वटा कक्षा कोठा निर्माण गरिएको एकाडेमिक डाइरेक्टर डा. जोसेफले बताए ।

हरेक कक्षा कोठामा अलगअलग थिमअनुसार डेकोरेसन गरिएको उनले बताए । विद्यार्थीहरुलाई पेन्सिल, जंगल र पानीमुनि बसेको जस्तो अनुभूति गराउनेगरी कक्षाकोठा तयार गरिएको उनले जानकारी दिए ।

नयाँ कक्षाकोठा, स्विमिङ पुल र लाइब्रेरीको विद्यालयका सञ्चालक दुर्गा प्रसाईंले उद्घाटन गरे । उनले काठमाडौँ, विराटनगरलगायतका जिल्लाबाहिरका विद्यार्थीहरुलाई समेत लक्षित गरी अन्तर्राष्ट्रियस्तरको विद्यालय आफूहरुले सञ्चालन गरेको बताए । उनले भारतको दार्जिलिङभन्दा राम्रो शिक्षा दिने आफूहरुको योजना रहेको बताए ।

अभिभावकहरुको समेत उपस्थिति रहेको कार्यक्रममा कक्षा १ का शिक्षिकाहरु शक्तिकुमारी तामाङ, अनिमा गिरीले विद्यालयमा हुने गरेको पठनपाठनको शैलीबारे जानकारी दिएका थिए । उनीहरुले विद्यार्थीहरु विदाका दिन पनि घरमा बस्न नमानी विद्यालयमै जान खोज्नेगरी आफूहरुले वातावरण बनाएको बताए । कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

तक्षशीला प्रोग्रेसिभ इङ्लिस १७ वर्षअघि स्थापना भएको हो । तर, नयाँ व्यवस्थापनमा विगत ६ महिनादेखि सञ्चालनमा रहेको छ । बेलायतको क्याम्ब्रिजसँगै तक्षशीला ब्रिटिस काउन्सिलसँग पनि आबद्ध भएको छ ।

आफू ब्रिटिस काउन्सिलको एम्बासेडर भएको एकाडेमिक डाइरेक्टर डा. जोसेफले बताए । त्यस्तै, सो विद्यालय भारत आन्ध्र प्रदेशको एसआरएम युनिभर्सिटीसँग पनि आबद्ध भएको छ भने स्विडेनको लिटल आइन्सटाइनसँग आबद्धता जनाएको तक्षशीलाले आगामी सरस्वती पूजादेखि मोन्टेश्वरी कक्षा सञ्चालन गर्ने भएको छ ।

तक्षशीलाले क्लिनिक, विज्ञान प्रयोगशाला, सुविधासम्पन्न मल्टिपर्पोज हल पनि निर्माण गर्न लागेको जनाएको छ । तक्षशीलामा अध्ययनरत विद्यार्थीहरुका लागि बिएन्डसी हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत छुट गराउने सहमति भएको एकाडेमिक डाइरेक्टर डा. जोसेफले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer