२०८२ साउन २ शुक्रबार
Jhapa Today
Adv top

मेची भन्सारबाट राजश्व नतिरी निस्किएको कन्टेनर प्रहरी नियन्त्रणमा


मेचीनगर, साउन १३ । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट निस्किएको एउटा कन्टेनर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। भन्सारमा राजश्व नतिरी निस्किएको आशंकामा प्रहरीले सो कन्टेनर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर-६ स्थित ट्राफिक पोस्ट नजिकैबाट शुक्रबार साँझ ७ बजे कन्टेनरलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले ना २ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएसँगै चालक फरार भएका थिए । ‘कन्टेनर भन्सारबाट निस्किए पनि कुनै कागजात फेला परेको छैन,’ डीएसपी रिजालले भने, ‘अहिले कन्टेनर खोलेर सरसामान गन्ती गर्ने काम भइरहेको छ, त्यसपछि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइने छ ।’ कन्टेनरमा भित्र लाखौँ मुल्य बराबरको विभिन्न सामान रहेको उनले बताए ।

-अन्नपूर्णबाट

Adv footer