२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आँखा पाक्ने समस्या र बच्ने उपायहरु


बिर्तामोड, साउन १७ । मौसम परिवर्तनसँगै वर्षायाममा प्रायजसो देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) विगत केही दिनदेखि देशैभर फैलिरहेको छ । एकजनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धरैजनामा हुन सक्छ । पूरै घरको सदस्यहरुमा पनि हुन सक्छ । वर्षायाममा यसको किटाणु सक्रिय हुने गर्दछ । ब्याक्टेरिया, भाइरल र एलर्जी यो रोग हुने मुख्य कारणहरु हुन् ।

प्रमुख लक्षणहरु
१) एक्कासी एउटा आँखा अथवा दुवै आँखा रातो हुने
२) आँखा धेरै चिलाउने तथा आँखा टाँसिने
३) आँखाबाट बारम्बार पानी बगिरहने
४) आँखामा कचेरा लाग्ने तथा टाँसिने
५) आँखाबाट आँसु बगिरहने
६) आँखा सुन्निने
७) आँखाले घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देख्ने
८) कहिलेकाहीँ रुघाखोकी लाग्ने
९) कान तथा घाँटीको छेउमा सुनिन पनि सक्छ

यस्तो समस्या भएमा के गर्ने?
१. पटकपटक सफा चिसो पानीले आँखा सफा गर्नुपर्दछ तर आँखाभित्र पानी पार्नु हुँदैन ।
२. आँखा छोइसकेपछि हरेकपटक साबुन पानीले हात सफा गर्ने
३. आफूले प्रयोग गर्ने रुमाल, टावेल, कपडा छुटाछुट्टै राख्ने, अरुलाई प्रयोग गर्न तथा छुन नदिने
४. सकेसम्म सँगै नसुत्ने, भीडभाड हुने ठाउँहरुमा नजाने
५. आफू सुतेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने, धुने
६. कालो चश्माको प्रयोग गर्ने
७. टिभीको रिमोट, मोबाइल, ल्यापटप सबै जसोले प्रयोग गर्दछौं, घरमा सबैको लागि साझा पनि हुन र यी कुराहरु हामीले सफा पनि गर्न सक्दैनौँ । यी सामानहरु सबैले छुने हुनाले एकबाट अर्को व्यक्तिमा सजिलै सर्ने प्रमुख कारण यो पनि हो ।

गलत धारणा
यस्ता लक्षण भएका मानिसको आँखामा हेर्दा, आँखामा आँखा जुधाउँदा, सँगै बस्दा, कुराकानी गर्दा, सँगै खाना खाँदा सर्छ भन्ने गलत धारणा छ । यसो गर्दा एक मानिसबाट अर्को मानिसमा सर्दैन । जबसम्म रोग निम्त्याउने किटाणु कुनै न कुनै माध्यमबाट अर्को मानिसको आँखासम्म पुग्दैन तबसम्म सर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer