२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी सिङ्गिङ एण्ड डान्सिङ स्टारका लागि अडिसन हुने


बिर्तामोड,साउन २० । कोशी सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२३ का लागि आगामी भदौं ९ गतेदेखि अडिसन सुरु हुने भएको छ ।

‘कला तपाईको, मञ्च हाम्रो’ भन्ने मुल नाराका साथ सनमुन मोशन पिक्चर्सको आयोजनामा भदौ ९ देखि २३ गतेसम्म कोशी प्रदेशका सुनसरी, मोरङ, झापा र उदयपुरका विभिन्न स्थानमा अडिसन हुने भएको हो ।

नृत्य तथा गायन प्रतियोगितामा ६ बर्षदेखि माथिका सबै उमेर समुहकाले सहभागीता हुनसक्ने सनमुन मोशन पिक्चर्सका संस्थापक तथा प्रतियोगिताका निर्देशक सन्जय धमलालले बताए ।

आयोजक संस्थाले आज (शनिवार) बिर्तामोडमा पत्रकार भेटघाट गरी कार्यक्रमको बिषयमा जानकारी दिएको हो । समुदाय भित्र लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाले बताएको छ ।

धमलाका अनुसार अडिसनपछि दशै र तिहारको बिचमा उक्त प्रतियोगिताको फाइनल इटहरीमा हुनेछ । गायन प्रतियोगितामा प्रथम हुनेले नगद एकलाख रुपैयाँ र आफुलाई मन पर्ने कलाकारसँग म्युजिक भिडियो गर्न सक्ने, नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख रुपैयाँ र आफुलाई मन पर्ने गायक तथा गायिकासँग म्युजिक एल्बम रेकडिङ्ग गर्न सक्ने निर्देशक धमलाले बताए ।

त्यस्तै, दुबै प्रतियोगितामा दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद २० हजार सहित म्युजिक भिडियो र म्युजिक एल्बम रेकडिङ्ग गर्न सक्ने बताइएको छ ।

प्रतियोगिताका लागि भदौ ९ गते धरान, १० गते बिराटनगर, ११ गते सुन्दरहरैंचा, १४ गते दमक, १५ गते मेचीनगर, १६ गते बिर्तामोड, २० गते गाइघाट र २३ गते इटहरीमा अडिशन हुने प्रतियोगिताका को–अडिनेटर ओमतीलक ओलीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित २० लाख रुपैयाँ खर्च हुने र सो रकम आयोजक संस्थाले नै गने प्रतियोगिताका अर्का को–अडिनेटर केशव बिनाडीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer