२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

१० करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई गोएएमएलमा जान निर्देशन


बिर्तामोड, साउन २३ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई अविलम्ब गोएएमएलमा दर्ता हुन सहकारी विभागले निर्देशन दिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभागले सोमबार एक परिपत्र जारी गर्दै तत्काल गोएएमएलमा दर्ता हुन सहकारी संस्थालाई निर्देशन दिएको हो ।

हाल सहकारी संस्थालाई लक्षित गरेर सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०७४ कार्यान्वयनमा छ । उक्त निर्देशनको दफा १९ र १० मा सीमा कारोबार प्रतिवेदन र शङ्कास्पद कारोबार प्रतिवेदन तोकिएको ढाँचामा नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाई (एफआइयु) मा पठाउनुपर्ने हुन्छ ।

यस अनुरूप प्रतिवेदन पठाउँदा १० करोड रुपैयाँभन्दा बढी रकम बचत वा पुँजी भएका बचत तथा ऋणको कार्य गर्ने सहकारी संस्थाहरूले गोएएमएल सिस्टममार्फत पठाउनुपर्ने प्रावधान रहेको छ ।

तर, पटकपटक सचेत गराउँदा समेत सहकारी संघसंस्थाहरूले अटेर गरेको भन्दै विभागले पुनः निर्देशन जारी गरेको हो ।

१० करोड रुपैयाँभन्दा बढी रकमको कारोबार गरेका (बचत वा पुँजी भएका) बचत तथा ऋणको कार्य गर्ने सहकारी संघ÷संस्थाहरुलाई नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाई (एफआइयु) मा रहेको गोएएमएल सिस्टमको टेस्ट इन्भारोमेन्ट तथा प्रोडक्सन इन्भारोमेन्ट मा रजिस्टर्ड भइ वेब÷एसएमएलमार्फत सीमा कारोबार प्रतिवेदन, शङ्कास्पद कारोबार प्रतिवेदन र शङ्कास्पद गतिविधि प्रतिवेदनका विवरणहरू प्रणालीमार्फत प्रेषित गर्न विभागले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer