बिर्तामोड, साउन २५ । सप्तरीको नमो बुद्ध युथ क्लबले झापा सैनिकबजारमा भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता विजेताबापतको रकम पाएको जनाएको छ ।
क्लबले एक सूचना निकालेर विजेता रकमबापतको दुई लाख २ हजार र म्याचमनिबापतको २० हजार रुपैयाँ पाएको जनाएको हो ।
आयोजक बिर्तामोडको अल इन वान क्लबले उपाधिबापतको पुरस्कार राशि दिन केही ढिला भए पनि चुक्ता गरेको क्लबका अध्यक्ष सुरेश लामाले जानकारी दिए ।
फाइनल खेलमा आयोजक अल इन वान क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध युथ क्लब सप्तरीले उपाधि जितेको थियो । प्रतियोगिताको फाइनल खेल बैशाख १६ गते भएको थियो।
आयोजक अल इन वान क्लबका अध्यक्ष कृष्ण योञ्जनले कबोलकमोजिम रकम उठ्न समय लागेकोले भुक्तानी गर्न ढिलो भए पनि सबै रकम बुझाएको बताए ।