२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडकी महिला ब्राभित्र लुकाइराखेको सुनसहित पक्राउ


बिर्तामोड,साउन २५ । झापा बिर्तामोडकी एक महिला भित्री बस्त्र (ब्रा)भित्र लुकाइराखेको सुनसहित पोखरामा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ घर भई हाल काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङ रहेको प्रहरीले जनाएको छ ।

आज (बिहीबार) बिहान करिब साढे ७ बजे कास्कीको पोखरा महानगरपालिका–९ स्थित बसपार्कबाट उनलाई छातीमा सेतो टेपले बेरेर (ब्रा)भित्र लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने सो धातु र पहेँलो औँठीजस्तो देखिने रिङ अन्दाजी २८० ग्राम २९ मिलिग्राम सहित पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार उनी काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा सवार थिइन् । बसबाट ओर्लने क्रममा उनको शरीरमा खोज तलास गर्दा सो पहेँलो धातु फेला परेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेका वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer