२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सीमावर्ती क्षेत्रको सुरक्षा र निगरानी बढाउन काँकरभिट्टामा सिसी क्यामेरा जडान


काँकरभिट्टा,साउन २६ । सीमावर्ती क्षेत्रको सुरक्षा र निगरानी बढाउन पूर्वी नाका काँकरभिट्टामा सिसी क्यामेरा जडान गरिएको छ ।

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुईवटा सिसी क्यामेरा जडान गरिएका छन् ।


सिसी क्यामेरा जडानपछि गति मापनमा समेत मद्दत पुग्नेछ, सिसी क्यामेराको सबै गतिविधिको निगरानी इलाका प्रहरी कार्यालय काँकरभिट्टा कार्यालयले गर्ने प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

कोशी प्रदेश प्रहरी कार्यालयले काँकरभिट्टाका साथै विराटनगरमा समेत सिसी क्यामेरा जडान गरेको छ । दुर्घटना र अपराध न्यूनीकरणमा यसबाट सघाउ पुग्ने प्रहरी नायब उपरीक्षक भारती बताउँछन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार पूर्वीनाका काँकरभिट्टालाई सुरक्षित सहरका रूपमा विकसित गर्न हरेक चोक र सडकमा सिसी क्यामेरा जडान गर्ने कार्य थालिएको छ ।

सिसी क्यामेरा जडानमा मेची सामुदायिक सेवा केन्द्रले संयोजन गर्दै आएको छ । हालसम्म केन्द्रको संयोजनमा ४२ वटा क्यामेरा विभिन्न स्थानमा जडान भइसकेको केन्द्रका अध्यक्ष मुक्ति पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer