२०८२ जेठ ११ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधाराको भगिनी सम्बन्ध जापानको तोनो नगरसँग


बिर्तामोड, साउन २९ । जापानस्थित पहाडी ग्रामीण सहर तोनो नगरका प्रतिनिधिहरु झापाको अर्जुनधारा नगरपालिकासँग भगिनी सम्बन्ध बनाउन आएका छन् ।

जापानका लागि नेपालका राजदुत डा.दुर्गाबहादुर क्षेत्रीको नेतृत्वमा जापानको तोनो सिटीका मेयर काजुहिको तादाको प्रतिनिधि कानाको होसोकावासहितको टोली आज अर्जुनधारा आएको हो ।

टोलीले जापानिज प्रविधि तथा सीप नेपालमा कसरी भित्र्याउने र आर्थिक रुपमा कसरी सबल हुने भन्ने विषयमा नगरमा अन्तरक्रिया गरेको छ । टोलीले कृषि, निर्माण, उत्पादन, बजारीकरण, सीप तथा तालिमलगायतका विषयमा चासो राखेको छ ।

अर्जुनधारा नगरका प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा पूर्वराज्यमन्त्री धर्मशीला चापागाईं, संविधानसभा सदस्य प्रेम गिरी, अर्जुनधारा नगरका निवर्तमान नगरप्रमुख हरिकुमार रानालगायतले आआफ्नो धारणा राखेका थिए ।

नगरप्रमुख बलदेबले नगरलाई प्रविधिमैत्री बनाउँदै कोदोको रक्सीलाई ब्रान्डिङ र कृषकलाई आयआर्जनमा जोड्न जोड दिएका छन् । उनले किसानलाई प्रविधिमैत्री बनाएर आर्थिक रुपमा सबल बनाउनुपर्ने बताए ।

जापानबाट आएको टोलीले पशुपालन, कृषिअन्तर्गत नगदेबाली, धार्मिक तथा पर्यटकीय क्षेत्र अर्जुनधारा जलेश्वरधामलगायतका क्षेत्रको आजै स्थलगत भ्रमण तथा अनुगमन गरेको छ ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल