२०८२ बैशाख १६ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा नेपाल साकोसलाई उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार


बिर्तामोड, साउन ३० । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था १ लाख राशिको ‘उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ ।

लघुवित्त सदस्यहरुमाँझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गरेबापत संस्थालाई स्वावलम्बन विकास केन्द्रले पुरस्कार प्रदान गरेको हो ।

स्वावलम्बन विकास केन्द्रको ३२ औँ वार्षिक उत्सवको अवसरमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रमाणपत्रसहित पुरस्कार प्रदान गरे ।

एक लाख ६३ हजारभन्दा बढी सदस्य रहेको सहारा नेपाल साकोसमा २०८० असार मसान्तसम्म १ अर्ब ६३ करोड १४ लाख ५२ हजार एक सय रुपैयाँ शेयर पुँजी र १ अर्ब ११ करोड २१ लाख ६६ हजार ८४० रुपैयाँ जगेडा कोष छ ।

१० अर्ब ९७ करोड ९० लाख ४७ हजार २०१ रुपैयाँ बचत संकलन तथा ११ अर्ब २० करोड ५५ लाख ७७ हजार ५२५ रुपैयाँ लगानी गरेको संस्थाले वित्तीय सेवाका अतिरिक्त शिक्षा, स्वास्थ्य, विपन्न परिवारको आवास निर्माण, उद्यमशीलता विकासलगायतका क्षेत्रहरुमा पनि काम गरिरहेको छ ।

Adv footer