२०८१ पुष ११ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सुत्केरी उपचार प्रकरणः ३५ लाखमा जुट्यो सहमति


May be an image of text that says 'AADARSHA SCHOOL OF MANAGEMENT Congratulations! +2 Graduates congratulations for overcoming all the challenges and sucessfully graduating. Birtamode-3, Jhapa, Nepal 9806055500, 9852626026 023-536755 /aadarsha.sm'

बिर्तामोड, साउन ३० । बिर्तामोडको मनमोहन अस्पतालमा सुत्केरीको उपचारमा लापरबाही भएपछि उत्पन्न विवाद समाधान भएको छ । हिजो साँझ र आज दिउँसो बसेको दुई पक्षीय छलफलले सहमति जुटेको हो ।

अस्पताल प्रशासन, जनप्रतिनिधि, पीडित परिवार र प्रहरीबीच भएको छलफलमा एकमुष्ट ३५ लाख रुपैयाँमा सहमति जुटेको सुत्केरी सिर्जना संग्रौलाका काका हेमराज संग्रौलाले जानकारी दिए ।

उनका अनुसार सिर्जना मनमोहनको कर्मचारी समेत भएकोले २० लाख रुपैयाँ राहत र बच्चाको शिक्षा, स्वास्थ्यका लागि १५ लाख रुपैयाँ अस्पतालले दिने सहमति भएको उनले जानकारी दिए । झापा टुडेसँग कुरा गर्दै उनले भने, उपचार शुल्क पनि मनमोहन अस्पतालले नै व्यहोर्ने सहमति भएको छ ।

प्रसूति गराउन आएकी बिर्तामोड नगरपालिका–१ की २७ वर्षीया सिर्जना संग्रौलाको उपचारका क्रममा भएको लापरबाहीका कारण अवस्था गम्भीर भएको थियो । डाक्टर एकराज गौतमले अपरेसन गरी बच्चा जन्मिसकेपछि सुत्केरीको उपचारमा लापरबाही गरेको आरोप छ ।

मनमोहन अस्पतालमा उनको थप उपचार हुन नसकेपछि बिर्तासिटी अस्पताल लगिएको थियो । बिर्तासिटी अस्पतालमा उपचार हुँदै गर्दा संग्रौलाको अवस्था थप जटिल बनेको प्रशासन विभाग प्रमुख विनोदकुमार बस्नेतले जानकारी दिए ।

उपचार गर्दा सुत्केरीको अवस्था जटिल भएपछि उनका आफन्त र मनमोहन अस्पताल प्रशासनबीच विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै गएर ठुलो भौतिक क्षति हुनसक्ने सम्भावनाका कारण प्रशासनले अस्पताल परिसरमा सयौँ प्रहरी परिचालन गरेको थियो । मंगलबार पनि अस्पताल परिसरमा प्रहरीले सुरक्षा दिएको थियो ।

यसैबीच, पीडित परिवार र अस्पताल प्रशासनबीच भएको वार्ताले सहमति भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए । उपचारमा संलग्नहरुको विभागीय कारबाही हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer