२०८१ पुष ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कक्षा १२ को ग्रेड बृद्धि परीक्षा असोज ६ र ७ गते


बिर्तामोड, साउन ३० । राष्ट्रिय परीक्षा बोर्डले ग्रेड बृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन गर्ने भएको छ ।

कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि ग्रेड बृद्धि परीक्षा सञ्चालन हुन लागेको हो ।

बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड बृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेका छन् ।

कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा ननग्रेड भएका छन् । यो विषयमा १ लाख ९ हजार ५२७ जनाको ननग्रेड भएका छन् । कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उत्तीर्ण हुने व्यवस्था गरिएको छ ।

नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन पनि सक्ने परीक्षा नियन्त्रक अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer