२०८२ जेठ २९ बिहीबार
Jhapa Today
Adv top

आम्दा मेचीलाई व्यवसायी शाहद्वारा सामग्री हस्तान्तरण


मेचीनगर, साउन ३१ । धुलाबारीको आम्दा मेची अस्पताललाई स्थानीय व्यवसायी राजकुमार शाहले अस्पतालजन्य सामग्री प्रदान गरेका छन् ।

शाहकी पत्नी स्वर्गीय विनादेवीको स्मृतिमा उनले आज एक कार्यक्रमका बीच हाइड्रोलिक बेड, ह्विल चियर, सक्सन मेसिन र एयर बेड प्रदान गरेका हुन् ।

६५ हजार मूल्यबराबरका ती सामग्री आम्दा मेची अस्पताल समितिका उपाध्यक्ष एवम् मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं र आम्दा मेची अस्पतालका इन्चार्ज डाक्टर पोषणरमण त्रिपाठीले संयुक्त रूपमा ग्रहण गरे ।

सामग्री हस्तान्तरण कार्यक्रममा स्वर्गीय शाहका छोराहरु डाक्टर दिपक शाह, अरुण शाह, विजय शाह, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष भूमि पौडेल, कार्यकारी निर्देशक गोपाल बस्नेत, आम्दा मेची अस्पतालका प्रशासन प्रमुख किरण निरौला लगायतको उपस्थिति रहेको थियो ।

Adv footer