२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कृषकलाई प्रविधिसँग जोड्न आयो ‘खेती’ एप्स


बिर्तामोड, साउन ३१ । कृषक र कृषिलाई प्रविधिसँग प्रत्यक्ष जोड्न खेती भेन्चर प्रालिले डिजिटल कृषि प्लेटफर्म एप्स ‘खेती’ निर्माण गरेको छ ।

खेती भेन्चरका सञ्चालक सुवास भट्टराईका अनुसार आधुनिक समयको विकाससँगै कृषकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा डिजिटल साक्षरताबाट आफ्नो पहुँच बढाउन एप्स निर्माण गरिएको हो ।

खेतीले आफ्नो एप्स ‘खेती’ बाट हजारौँ कृषक, कृषि व्यवसायी, उत्पादक र ग्राहकहरुलाई जोड्दै विभिन्न कृषिजन्य सेवा–सुविधा दिँदै आइरहेको भट्टराईले बताए ।

खेती भेन्चरले आफ्नो एप्स ‘खेती फार्म’ बाट विभिन्न कृषिजन्य उपज तथा उपकरणहरु कृषक तथा ग्राहकलाई उपलब्ध गराउँदै आइरहेको छ ।

एप्समा सरकारबाट किसानहरुलाई आउने विभिन्न नीति तथा कार्यक्रम, अनुदानजस्ता कृषि लक्षित आयोजनाहरुको जानकारी दिने गरिएको छ । किसानहरुले उत्पादन गरेको अन्नबाली, फलफूल तथा अन्य उत्पादनहरुलाई खेती भेन्चरकै अर्को एप्स ‘खेती फुड’ बाट बजारमा ल्याउन पनि सहयोग पुर्याउँदै आएको विशाल अग्रवालले जानकारी दिए ।

कृषकले घरमै बसीबसी आफ्नो उत्पादनको बजार मूल्य पनि बुझ्न सकिनेगरी निर्माण गरिएको यस एप्सले बिटुबी अर्थात व्यापारीदेखि व्यापारी र बिटुसी अर्थात व्यापारीदेखि ग्राहक दुवै पद्धतिमा आधारित रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer