२०८१ माघ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा नेपालद्वारा निधन कर्जा छुटबापत सदस्यको परिवारलाई सात लाख प्रदान


बिर्तामोड, साउन ३१ । नेपालकै सबैभन्दा ठुलो झापा चारपानेको सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो एक सदस्यलाई निधनमा कर्जा सुरक्षण क्षतिपूर्ति कर्जा मिनाहबापत सात लाख रुपैयाँ प्रदान गरेको छ ।

आज साकोसको सेवाकेन्द्र गोलधापअन्तर्गत बिर्तामोड १० की शेयर सदस्य चन्द्रकुमारी राईको निधनबापत सात लाख रुपैयाँ उनको परिवारलाई प्रदान गरिएको हो ।

सहाराले चन्द्रकुमारीकी छोरी सेलिना राई तथा ससुराबुवा खड्गबहादुर राईलाई सो रकमबापतको चेक आज हस्तान्तरण गरिएको हो ।

चेक हस्तारन्तरण कार्यक्रममा सेवाकेन्द्र उपसमिति संयोजक गीतादेवी दाहाल, सदस्य वीणा राई, सेवाकेन्द्र प्रमुख उषा भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

एक लाख ६३ हजारभन्दा बढी सदस्य रहेको सहारा नेपाल साकोसमा २०८० असार मसान्तसम्म १ अर्ब ६३ करोड १४ लाख ५२ हजार एक सय रुपैयाँ शेयर पुँजी र १ अर्ब ११ करोड २१ लाख ६६ हजार ८४० रुपैयाँ जगेडा कोष छ ।

१० अर्ब ९७ करोड ९० लाख ४७ हजार २०१ रुपैयाँ बचत संकलन तथा ११ अर्ब २० करोड ५५ लाख ७७ हजार ५२५ रुपैयाँ लगानी गरेको संस्थाले वित्तीय सेवाका अतिरिक्त शिक्षा, स्वास्थ्य, विपन्न परिवारको आवास निर्माण, उद्यमशीलता विकासलगायतका क्षेत्रहरुमा पनि काम गरिरहेको छ ।

Comments are closed

Adv footer