२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

गत वर्ष वैदेशिक रोजगारीमा रहेका १२०८ नेपालीको निधन


बिर्तामोड, साउन ३२ । वैदेशिक रोजगारीको क्रममा रहेका एक हजार २०८ नेपाली श्रमिकले गएको वर्ष ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ४५ जना महिला र एक हजार १६३ पुरुष रहेका छन् ।

वैदेशिक रोजगार बोर्डले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई दिएको आर्थिक सहायताको तथ्यांकले गएको आर्थिक वर्ष २०७९/०८० मा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका एक हजार २०८ नेपालीको ज्यान गएको देखाएको हो ।

यो तथ्यांक बोर्डले रोजगारीको सिलसिलामा श्रम अवधिभित्रै ज्यान गुमाएका श्रमिकको तथ्यांक हो । बोर्डले श्रम स्वीकृति लिएर गएका श्रमिकहरूको रोजगारीको सिलसिलामा श्रम अवधिभित्रै ज्यान गएमा परिवारलाई आर्थिक सहायता प्रदान गर्छ ।

कतिपय श्रमिकको यही अवधिमा ज्यान गएको भए पनि श्रम अवधि सकिएको भएमा बोर्डले आर्थिक सहायता प्रदान गर्दैन र त्यस्ता श्रमिकको मृत्युको तथ्यांक पनि राख्दैन ।

बोर्डले मृतक श्रमिकका परिवारलाई आर्थिक सहायता स्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छन् । श्रम स्वीकृति लिएर गएका श्रमिकको श्रम अवधिभित्रै ज्यान गएमा बोर्डले मृतक श्रमिकका परिवारलाई सात लाख रुपैयाँ एकमुष्ट आर्थिक सहायता प्रदान गर्छ ।

त्यस्तै, गएको वर्ष वैदेशिक रोजगारीको सिलसिलामा ३८९ जना श्रमिक अङ्गभङ्ग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका छन् । यसरी स्वदेश फर्किएका श्रमिकलाई बोर्डले जम्मा नौ करोड ९७ लाख आठ हजार रुपैयाँ आर्थिक सहायता दिएको छ ।

बोर्डले बिरामी वा अङ्गभङ्ग भएर फर्किएका श्रमिकलाई अवस्था हेरेर विशेषज्ञ डाक्टरको सिफारिसमा अधिकतम सात लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ ।

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका दुई हजार ९५६ जना छोराछोरीलाई छात्रवृत्ति सहायता समेत प्रदान गरेको छ । -उज्यालोअनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer