२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नाट्टा कोशी अध्यक्षमा भट्टराई, महासचिवमा खरेल


बिर्तामोड, भदौ ३ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्यप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगरमा सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा सातौँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि नाट्टाको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

नाट्टाको वरिष्ठ उपाध्यक्षमा शेखर ढकाल, उपाध्यक्ष सजीत तामाङ, महासचिव नवराज खरेल, सचिव जीवन पराजुली, कोषाध्यक्ष सुरेन्द्र भण्डारी चयन भएका छन् । नाट्टाको सदस्यहरूमा मोहन सिलवाल, धर्म शिवाकोटी, गौरव श्रेष्ठ र गोपाल खड्का रहेका छन् ।

नाटाको साधारणसभा र अधिवेशनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरेका थिए । कार्यक्रममा नाट्टा केन्द्रीय अध्यक्ष रमेश थापा, पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव सञ्जयकुमार राई, नाट्टाका गण्डकी, मधेश प्रदेशका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer