२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

भारतद्वारा प्याज निर्यातमा ४० प्रतिशत कर


बिर्तामोड, भदौ ३ । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले शनिबार प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो ।

यो कर २१ डिसेम्बर २०२३ सम्म लागु हुने भएको छ । मूल्यबृद्धिबाट आफ्ना जनतालाई राहत दिन भारतीय सरकारले यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

भारतमा गत महिना मात्रै प्याजको मूल्य २० प्रतिशतले बढेको थियो । भारतमा प्याज केजीको २४ भारु परिरहेको छ । भारतमा अगष्ट महिनामा विगत एक दशक यताकै सुख्खायाम लागेकोले पनि उत्पादनमा कटौती भइरहेको छ ।

नेपालमा भारतबाट वार्षिक ६ अर्ब ७५ करोड बराबरको ताजा प्याज आयात हुन्छ भने ७ करोडको सुकाएको प्याज आयात हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer