२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका तीन पानी उद्योगविरुद्ध मुद्दा


बिर्तामोड, भदौ ५ । दुषित पानी बेचेको प्रमाणित भएपछि झापाका तीनवटा पानी उद्योगविरुद्ध मुद्दा परेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार झापाको बुद्धशान्ति–३ को भगवती बेभरेज इन्डस्ट्रिज, बुद्धशान्ति–७ को सुनमाई वाटर प्रालि र अक्वा टप मकालु मिनरल वाटर प्रालिविरुद्ध मुद्धा परेको हो ।

पानीको गुणस्तरमाथि प्रश्न उठेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अध्ययन गरेको थियो । आर्थिक वर्ष २०७९–८० मा पानीको गुणस्तरसम्बन्धी अध्ययन गर्दा झापाका तीन पानी उद्योगहरुमा उत्पादित पानी दुषित देखिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खानेपानी गुणस्तर मापदण्ड–२०७९ थप परिस्कृत गरेर सार्वजनिक गरेको छ । जोखिम तथा सान्दर्भिकताका आधारमा थप परीक्षण गर्नुपर्ने पारामिटर विभागले तय गरेको छ ।

यस्ता पानीको स्रोत, अनिवार्य लेबल जस्ता प्रावधान पनि मापदण्डमा पर्दछन् । सफा बोटल र जारमा पानीको प्याकेजिङ, उत्पादन र उपभोग्य मिति अनिवार्य, पानीमा रहेको तत्वहरुको व्याख्या र उक्त पानीको गुणस्तरयोग्य रहेको प्रमाण उत्पादकले उपभोगकर्तालाई निश्चित गर्नुपर्ने हुन्छ ।

पानीको जार तथा बोतलको सरसफाई, सिलप्याक भए नभएको, पानीको उत्पादन र उपभोग्य मिति तथा पानी उत्पादन र बिक्रीका लागि अनुमति लिए नलिएको विवरण ख्याल गर्न सकिने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer