२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

क्रोएसिया पठाइदिन्छु भन्दै सुरुङ्गाबाट करोडौँ रकम उठाएर सरदार फरार


फरार भएका सञ्जय सरदार. इन्सेटमा सरदारको नागरिकता र पत्नी दीक्षा ।

बिर्तामोड, भदौ ५ । झापाको कनकाई ३ कनकाई टोलमा डेरा गरेर बस्ने मोरङ पोखरियाका सञ्जय सरदार एक सयभन्दा बढी युवाको रकम उठाएर फरार भएका छन् ।

सरदारले सुरुङ्गा बजार, कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका एक सयभन्दा बढी युवासँग प्रतिव्याक्ति १ लाखदेखि ३ लाखसम्म उठाएको पीडितहरुले बताएका छन् । उनले युवाहरुलाई राम्रो देशमा रोजगारी लगाइदिने भन्दै रकम उठाएका थिए ।

हाल सुरुङ्गाका युवाले आफूहरु ठगिएको भन्दै सामाजिक सञ्जाल, प्रहरी र जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएपछि सरदारबाट ठगिनेहरुको संख्या बढिरहेको पाइएको छ । उनीबाट हालसम्म ५ करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको हुनसक्ने बताइएको छ ।

युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम उठाएर सरदार बेपत्ता बनेका हुन् । उनले भारतको दिल्ली पुर्याएर त्यहाँ मेडिकल र बायोमेट्रिक गराएको समेत नाटक गरेको स्थानीय सनम राईले बताए ।

भारतको दिल्लीमा सरदारले उनकै साथीलाई आफू बसेको होटलमा बोलाएर पीडित नेपालीको बायोमेट्रिक गराएका थिए । पछि दिल्ली पुर्याइएका १६ जनालाई नेपाल फर्काएर यिनीहरु चाँडै उड्छन् भन्दै गाउँका अन्य युवाहरुबाट १ लाखदेखि ३ लाखसम्म असुलेको राईले जानकारी दिए ।

टोलमै बसेको गाउँले ज्वाइँ हो भनेर अधिकांशले रकम दिएको पाइएको छ । सरदारले झापा गाउँपालिकाकी दीक्षा गनगाईंसँग विवाह गरेका छन् । दीक्षालाई पनि सुरुङ्गामा डेरामा राखेर सरदारले सुरुङ्गा बजारमा ब्युटीपार्लर खोलिदिएका थिए । दीक्षा भने ब्युटी पार्लर छोडेर दुबई पुगेको पाइएको छ । सरदार भने भारतमा लुकेर बसेको पिडितहरुको भनाइ छ ।

कनकाई भेट्रान क्लबमा रहेर फुटबल पनि खेल्ने गरेका सरदारले ठगेका धेरैजसो युवा कनकाई माविको खेल मैदानमा बिहान र बेलुका फुटबल खेल्न आउने युवाहरु छन् ।

सरदारले यसअघि मोरङमा समेत ठगेर झापा सुरुङ्गा आएर अर्की श्रीमती बिहे गरेर डेरामा राखेर युवालाई ठगी गरेको पाइएको हो । सरदारकको घरमा जेठी श्रीमती र छोराछोरी बुवा रहेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer