२०८१ बैशाख २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिको धारागोला भ्युटावरछेउमा बन्यो हरित पार्क


मेचीनगर, भदौ ६ । पूर्वोत्तर झापाको बर्नेस्थित माथिल्लो क्षेत्रमा हरित पार्क निर्माण गरिएको छ । बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको धारागोला भ्युटावरछेउमा हरित पार्क बनाइएको हो ।

पर्यटनको प्रचुर सम्भावना बोकेको बुद्धशान्ति ७ नम्बर वडा कार्यालयले पर्यटकलाई आकर्षित बनाउन हरित पार्क निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष चक्र शेर्माले जानकारी दिए ।

झन्डै दुई बिघा क्षेत्रफलमा फैलिएका जग्गामा नेपाल सरकारबाट ५० लाख र जनश्रमदानबाट १२ लाखको संयुक्त लगानीमा पार्क निर्माण गरिएकोे हो । अग्लो स्थानमा रहेको सो पार्कबाट बुद्धशान्तिलगायतका क्षेत्र अवलोकनल गर्न सकिन्छ ।

वडा अध्यक्ष चन्द्र भण्डारीका अनुसार बुद्धशान्तिकै धार्मिक तथा पर्यटकीय स्थलको रुपमा चिनाउन वडासँगै निजी क्षेत्रलाई संरक्षणको जिम्मा दिएर पिकनिक स्पोटका रुपमा पनि विकास गर्ने योजना रहेको छ ।

देवी धाराका रुपमा परिचय बोकेको यस क्षेत्रलाई आगामी दिनमा थप बजेट विनियोजन गरेर व्यवस्थित गर्दै लैजाने बताइएको छ । कुनै समय चार धाराका रुपमा चिनिने यो स्थान देवीको पूजा गरिँदै आएको थियो ।

यो क्षेत्र ऐतिहासिक स्थान समेत रहेकाले पनि यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा झापामै नमुना बनाउन प्रयास गरिएको उपभोक्ता समितिका अध्यक्ष शेर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer