२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

‘कनकाई ज्ञानमाला’ पेनड्राइभमै सीमित, किताबबिनै परीक्षा


बिर्तामोड, भदौ ९ । सरकारले गर्ने विकास भनेको बाटो र पुल मात्रै हो भन्ने कुराको फन्दामा झापाको कनकाई नगरपालिकाका विद्यार्थी परेको तथ्य बाहिर आएको छ ।

स्थानीय विषयका रुपमा नगरले प्रकाशन गरेर अध्ययन गराउनुपर्ने कनकाई ज्ञानमाला विषयको किताब पेनड्राइभमै थन्किएको छ । शैक्षिकसत्र सुरु भएको पाँचौँ महिना लागिसक्दा पनि नगरपालिकाले किताब प्रकाशन गर्नेतर्फ अग्रसरता लिएको छैन ।

स्थानीय सरकार आएपछि आफ्नै पाठ्यक्रम लागु गर्ने भन्दै नगरपालिकाभरिका कक्षा १ देखि ८ सम्म स्थानीय विषयका रुपमा कनकाई ज्ञानमाला पढाइ हुने भनिएको थियो । तर, विद्यार्थीले भने बिनापुस्तक परीक्षा लेखेको पाइएको छ ।

नगरपालिकाले आर्थिक अभाव देखाउँदै पुस्तक छपाइका लागि बजेट नभएको जिकिर गरेको छ । कनकाईको शिक्षा युवा तथा खेलकुद शाखाले बजेट नहुँदा पुस्तकलाई पेनड्राइभमै थन्काउनु परेको जनाएको छ ।

पुस्तक छापेर सबै विद्यार्थीको हातहातमा पुर्याउन कम्तिमा १२ लाख रुपैयाँ चाहिने तर शाखासँग २ लाख रुपैयाँ मात्र बजेट रहेको बताइएको छ । पुस्तक नछापे पनि कनकाईका सबै विद्यालयका विषय शिक्षकलाई पुस्तकको प्रतिलिपि पेनड्राइभमा दिइसकेको शिक्षा शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer