२०८१ पुष ११ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरमा तीन खानेपानी आयोजनाबाट ६ हजार घरपरिवार लाभान्वित हुने


मेचीनगर, भदौ १० । मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट ६ हजार घरपरिवार लाभान्वित बन्ने भएका छन् ।

मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार घरपरिवार लाभान्वित हुने आयोजनाका अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए । उनले ती आयोजनाको निर्माण ८५ प्रतिशत सकिएको बताए ।

नेपाल सरकार खानेपानी मन्त्रालयको आर्थिक सहयोगमा निर्माणधीन आयोजनाको कुल लागत १६ करोड ६६ लाख ७३ हजार ८१४ छ । निर्माणको जिम्मा सिएबी, जिआरडी जेभी काठमाडौँले पाएको छ ।

स्थानीय उपभोक्ताले जनश्रमदानबापतको रकम दुई करोड आठ लाख ३४ हजार दुई सय २६ बेहोर्ने सर्तमा २०७८ असार २९ गते सम्झौता भएको थियो । २०८० पुस २९ सम्म आयोजनाको निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।

अध्यक्ष पोखरेलले धुलाबारीमा दुई, भृकुटीमा दुई र चारआलीमा एउटा डिप बोरिङमार्फत पानी निकालेर दुईवटा फिल्टर प्लान्ट हुँदै चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकीमा जम्मा गरी सप्लाई गरिने बताए ।

उनका अनुसार चारआलीमा भने दुई लाख २५ हजार क्षमताको ओभरहेड ट्यांकी छ । जसबाट एक हजारभन्दा बढी घर परिवार लाभान्वित हुनेछन् । मेचीनगर–२ का बासिन्दा वर्षौदेखि इनार, ट्युबवेलको पानी उपभोग गर्दै आएका थिए ।

निर्माण व्यवसायी देवेन्द्रप्रसाद चौगालाईंले करिब ९५ प्रतिशत निर्माण पूरा गरेको दाबी गरे । उनका अनुसार १५० मिटर गहिराइबाट पानी निकालिएको छ । उनले तोकिएको समयअगाडि नै आयोजना सम्पन्न गरी हस्तान्तरण गरिने बताए ।

उनले हाल ओभरहेड ट्यांकी, डिप बोरिङ लगायतका सबै निर्माण सकिएको र केही स्थानमा पाइप लाइन विस्तार मात्रै बाँकी रहेको बताए । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer