२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा जिल्ला हक्की संघको अध्यक्षमा बुढाथोकी


बिर्तामोड, भदौ १५ । झापा जिल्ला हक्की संघको अध्यक्षमा मनोज बुढाथोकी चयन भएका छन् । आज झापाको बिर्तामोडमा भएको संघको तेस्रो जिल्ला अधिवेशनले बुढाथोकीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै, संघको उपाध्यक्षमा किरण गुरुङ, सचिवमा ज्ञानेन्द्रबहादुर खड्का र कोषाध्यक्षमा सरस्वती थापा चयन भएका छन् ।
संघको सदस्यमा भाष्कर आचार्य, जीवन रिजाल, विशाल बिमली, दिपक बुढाथोकी, शंकर बस्नेत, ऋषभ निरौला, दिपेश चौधरी, सविना दर्नाल र भुवन कार्की चयन भएका छन् ।

हक्कीका वरिष्ठ प्रशिक्षक रञ्जन थापाको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङलगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer