२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारी क्याम्पसमा स्नातक तहको सिभिल इन्जिनियरिङ पढाइ हुने


मेचीनगर, भदौ १८ । झापाको धुलाबारी क्याम्पसमा यो शैक्षिकसत्रदेखि स्नातम तहमा इन्जिनियरिङ संकायको पठनपाठन सुरु हुने भएको छ । इन्जिनियरिङ काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएसँगै धुलाबारीमा बिइको अध्ययन हुने भएको हो ।

धुलाबारी क्याम्पस बिइको सम्बन्धन पाउने पहिलो सामुदायिक क्याम्पस भएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलले धुलाबारी क्याम्पसलाई इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति दिएको हो ।

देशभरमा ५६३ वटा सामुदायिक क्याम्पस रहेकोमध्ये धुलाबारी क्याम्पसले मात्र इन्जिनियरिङ विषयको स्नातक तह सिभिल इन्जिनियरिङ पढाउने अनुमति पाएको क्याम्पस प्रमुख पुष्प पौडेलले जानकारी दिए ।

निरन्तरको प्रयासपछि धुलाबारी क्याम्पसलाई नेपाल इन्जिनियरिङ काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालयले सिभिल इन्जिनियरिङ संकायका चार वर्षे स्नातक तहको पठनपाठन गर्न सम्बन्धन दिएको उनले बताए ।

धुलावारी क्याम्पसलाई पूर्वाञ्चल विश्वविद्यालयले गत वर्षको चैत १४ गते र नेपाल इन्जिनियरिङ काउन्सिलले यही भदौ १५ गते इन्जिनियरिङ संकाय सञ्चालनका लागि सम्बन्धन प्रदान गरेका हुन् ।

यही असोज ६ असोजभित्र भर्नाको आवेदन लिइने र यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङको स्नातक कक्षा (बिइ)को पठनपाठन सुरु गरिने कार्यक्रम निर्देशक इन्जिनियर रुद्र मैनालीले जानकारी दिए ।

काउन्सिलले धुलाबारी क्याम्पसलाई बिइ कक्षाका लागि ४८ सिट दिएको छ । चार सिटमा क्याम्पसले छात्रवृत्ति प्रदान गर्नेछ ।

७ बिघा क्षेत्रफलमा फैलिएको क्याम्पस सहरी भीडभाडभन्दा टाढा, शान्त र सुरक्षित वातावरणमा रहेको छ । क्याम्पसको स्थापना २०४८ सालमा धुलाबारी गाउँ विकास समितिका शिक्षासेवीहरुले गरेका हुन् । ३२ वर्षपछि क्याम्पसमा प्राविधिक विषयको इन्जिनियरिङ विषयमा स्नातक तहको पठनपाठन सुरु हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer