२०८१ जेठ १४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

जेन्युइन एजुकेसन एन्ड भिसा सर्भिसेजले एजुकेसन फेयर गर्ने


बिर्तामोड, भदौ १९ । बिर्तामोडमा शाखा कार्यालय रहेको शैक्षिक परामर्श सेवा दिँदै आएको जेन्युइन एजुकेसन एन्ड भिसा सर्भिसेजले एजुकेसन फेयर सञ्चालन गर्ने भएको छ ।

विदेशमा गएर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि जेन्युइनले बिर्तामोडसहित नेपालका पाँच सहरमा एकदिने एजुकेसन फेयर २०२३ आयोजना गर्न लागेको हो । अस्ट्रेलियाको मेलवर्न सहरमा मुख्य कार्यालय रहेको जेन्युइनले बिर्तामोडमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो ।

जेन्युइनका निर्देशक तथा बिर्तामोड शाखा सञ्चालक लक्ष्मीकान्त खनालले अभिभावक र विद्यार्थीलाई अझ सहज ढंगबाट अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयहरु तथा कलेजहरुबारे जानकारी दिने उद्देश्यले एकदिने एजुकेसन फेयर २०२३ सञ्चालनको तयारी गरेको जानकारी दिए ।

खनालका अनुसार भदौ २१ गते दमक, भदौ २२ गते इटहरी, भदौ २३ गते बिर्तामोड, भदौ २९ गते चितवन र असोज ३ गते काठमाडौँ शाखामा एकएक दिने एजुकेसन फेयर गरिनेछ । जेन्युइनले अहिलेसम्म ६०० जनाभन्दा बढी विद्यार्थीहरुलाई अस्ट्रेलियासहितका देशहरुमा अध्ययनका लागि सहजीकरण गरिसकेको निर्देशक खनालले बताए ।

अस्ट्रेलियामा अध्ययनका लागि विषयहरु, कलेज तथा विश्वविद्यालयहरु, शिक्षण शुल्क, बसोबास, हावापानी, रहनसहन, परिवर्तित कानुनलगायतका विषयमा जानकारी दिने उद्देश्यले एजुकेसन फेयर आयोजना गरिएको जनाइएको छ ।

एजुकेसन फेयरका लागि सम्बन्धित विश्वविद्यालय तथा कलेजका सञ्चालक र प्रतिनिधिहरुबाट उपरोक्त विषयहरुमाथि सहजीकरण हुने बताइएको छ । पत्रकार सम्मेलनमा बिर्तामोड शाखा व्यवस्थापक विनोद खनाल, कम्प्युटर एसोसिएसन महासंघ (क्यान) झापा शाखाका अध्यक्ष कृष्णप्रसाद घिमिरेलगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer