२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कविशिरोमणि माविले कक्षा ११ र १२ छ हजारमै पढाउने


मेचीनगर, भदौ १९ । झापाको मेचीनगरस्थित खुट्टीडाँगीमा रहेको कविशिरोमणि माविले कक्षा ११ र १२ का विद्यार्थीलाई न्यूनतम वार्षिक शुल्कमा पढाउने भएको छ ।

विद्यालयका अनुसार कक्षा ११ र १२ को वार्षिक शुल्क ६ हजार रुपैयाँ निर्धारण गरिएको छ । मेचीनगर वडा नम्बर ९ को र विद्यालय व्यवस्थापन समितिको अगुवाईमा भएको अभिभावक भेलाले वार्षिक शुल्क निर्धारण गरेको छ ।

त्यस्तै, बिहान सञ्चालन हुँदै आएको ११ र १२ को कक्षाहरु भदौ २४ गतेदेखि दिउँसो सञ्चालन गरिने वडा सदस्य धनकुमार श्रेष्ठले जानकारी दिए ।

भेलामा मेचीनगर ९ का वडा अध्यक्ष कञ्चनकुमार तामाङ, प्रकाश भण्डारी, अभिभावक संघका अध्यक्ष चूडामणि रेग्मीलगायतले आआफ्नो धारणा राखेका थिए । भेला विद्यालय व्यवस्थापन समिति अध्यक्ष संगीता थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer