२०८२ जेठ ३१ शनिबार
Jhapa Today
Adv top

एनसिडिएको केन्द्रीय सदस्यमा गौतम गुप्ता निर्विरोध


बिर्तामोड, भदौ २२। नेपाल औषधि व्यवसायी संघ (एनसिडिए)को केन्द्रीय सदस्य (थोक) मा झापाका गौतम गुप्ता निर्विरोध निर्वाचित भएका छन् ।

आज भएको संघको १४औँ राष्ट्रिय अधिवेशन तथा निवार्चन कार्यक्रमबाट झापाका अध्यक्ष समेत रहेका गौतम निर्विरोध निर्वाचित भएका हुन् ।

दमकमा औषधिको थोक व्यापार गर्दै हाल महावीर फार्मेसी सञ्चालन गर्दै आएका गौतम अग्रजहरुको सल्लाह र सहकर्मीहरुको साथ र सुझावलाई शिरोधार्य गर्दै अघि बढेका कुशल व्यवसायी हुन् । उनले केन्द्रीय समितिको थोक उपसमितिको दुई कार्यकाल सदस्यको रुपमा बसेर काम गरिसकेका छन् ।

Adv footer